ताजा समाचार

जेठ ४ गते २०७६

शनिबार मौषमको चेतावनी यस्तो छ

शनिबार दिनभरी नै पश्चिमि भू–भागको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम क्षेत्रका कतिपय ठाउँमा रातिदेखि नै पानी परिरहेको छ।

पश्चिमी न्यूनचापीय प्रणालीको असरले पश्चिम नेपालको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले जानकारी दिए।

मध्य र पूर्वी पहाडी भेगका केही स्थानमा अपरान्हपछि मेघ गर्जन र हावाहुरिसहित क्षणिक वर्षा हुन सक्ने श्रेष्ठले बताए। तर, पूर्वी र मध्य तराईको मौसम भने खुला छ। त्यस क्षेत्रमा आजभोली नै पानी पर्ने सम्भावना छैन।