ताजा समाचार

जेठ ३ गते २०७६

मुस्ताङमा अन्तर बिद्यालय स्तरीय चिल्ड्रेन उपराष्ट्रपति खेलकुद संम्पन्न

मुस्ताङको जोमसोममा चिल्ड्रेन उपराष्ट्रपति खेलकुद प्रतियोगिता भएको छ ।जिल्ला खेलकुद बिकास समितिको आयोजनामा शुक्रबार भएको प्रतियोगितामा ३ स्थानीय तहका १० बिद्यालयले सहभागिता जनाएका छन् ।


‘स्वास्थ्यका लागि खेलकुद,राष्ट्रका लागि खेलकुद’ भन्ने उद्घोषसहित सुरु भएको प्रतियोगिताको गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले उद्घाटन गरे ।सांसद थकालीले बिद्यार्थीको बौद्धिक बिकासमा शारिरीक अभ्यास महत्वपूर्ण भएको बताए ।उनले मुस्ताङमा विगत देखिनै छिटफुट मोफसलमा घरेलु प्रतियोगिता हुँने गरेपनि खेल जनशक्ति निर्माणमा चुनौति रहेको जनाए ।सांसद थकालीले मुस्ताङ जिल्लालाई खेलकुद हबको रुपमा बिकास गर्ने लक्ष्यसहित गण्डकी प्रदेश सरकारले पर्वतीय खेल तालिमकेन्द्रका अवधारणा अघि सारेको उल्लेख गरे । पर्वतीय खेल तालिम केन्द्रको पूर्वाधारपछि मुस्ताङमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल पर्यटक र खेलाडी आउने दावी गरे ।


उपराष्ट्रपति चिल्ड्रेन स्तरीय खेलकुद प्रतियोगितामा जिल्लाका कक्षा १–८ सम्म पढ्ने बिद्यालयका बालवालिकाले सहभागीता जनाएको जिल्ला खेलकुद बिकास समितिका सचिव सुमन थकालीले जानकारी दिए ।उनले आसन्न राष्ट्रिय उपराष्ट्रपति कप चिल्डे«न खेलकुद प्रतियोगिताका लागि पूर्व तैयारी स्वरुप प्रतियोगिता भएको बताए ।उनका अनुसार हाईजम्प,लङजम्प,त्रिपलजम्प ,१ सय मिटर र २ सय मिटर दौड छात्र–छात्रागरी ५ बिधामा खेल खेलाईएको हो ।


प्रतियोगिताको १ सय मिटर दौडमा धौलागिरी बोडिङका महेश गोतामे प्रथम,जनहित माविका सुरेश घर्तीमगर द्धितीय र योगेन्द्र माविका टेकबहादुर थापाले तृतीय भए ।छात्रा १ मिटरतर्फ जनहित माविकी आयुष्मा घर्तीमगर प्रथम,जनआर्दश माविकी रन्जिता दर्जी द्धितीय र योगेन्द्र माविकी सरिता बिक तृतीय भईन् ।यस्तै छात्र २ सय मिटरमा धौलागिरीका महेश घताने प्रथम,जनहितका विकल विक द्धितीय र ताक्लुङ आधारभुतका रुपक परियार तृतीय भए ।छात्रा तर्फ जनआर्दश माविकी रन्जिता दर्जी प्रथम,जनशान्तिकी बिमा सिर्पाली द्धितीय र योगेन्द्र माविकी सरिता राम्जाली तृतीय भईन् ।


हाईजम्प छात्र खेलतर्फ ज्ञानोदय मावि प्रथम,जनहित मावि दोश्रो र योगेन्द्र मावि तेश्रो भए ।छात्रा तर्फ जनहित मावि प्रथम,जनशान्ति मावि दोश्रो र योगेन्द्र माविले तेश्रो स्थान प्राप्त गरेको छ ।लङजम्प छात्रा तर्फ धौलागिरी प्रथम,जनहित मावि दोश्रो र योगेन्द्र मावि तेश्रो भए भने छात्रा तर्फ जनशान्ति मावि प्रथम,जनहित मावि दोश्रो र जनआदर्श माविले तेश्रो भयो ।


यस्तै छात्रा त्रिपलजम्प तर्फ जनशान्ति मावि प्रथम,जनआदर्श मावि दोश्रो र जनहित मावि तेश्रो भयो ।छात्र तर्फ धौलागिरी माविक प्रथम,जनशान्ति मावि दोश्रो र जनकल्याण माविले तेश्रो स्थान हासिल गरे ।प्रतियोगिताका बिजेता बिद्यालयलाई सांंसद महेन्द्रबहादुर थकाली,जिसस प्रमुख छिरिङ ल्हामो गुरुङ र जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भुपेन्द्र शेरचनले प्रमाणपत्र र ट्रफीले पुरस्कृत गरे ।


खेलकुद बिकास समितिका अध्यक्ष शेरचनले जिल्लामा खेलकुद प्रतियोगिता आयोजना गर्न बजेट र पूर्वाधारको समस्या भएको बताए ।उनले यसका लागि सांसद तथा स्थानीय तहले घरेलु खेलकुदको बिकासमा सहयोग गर्न आवश्यक रहेको सुझाए ।