ताजा समाचार

जेठ ३ गते २०७६

स्विप अप्रेसनबाट १५ पुरुष १३ महिला पक्राउ

महानगरीय प्रहरी वृत्त महाराजञ्जबाट खटिएको प्रहरीले स्विप अप्रेसन गर्ने क्रममा १५ पुरुष र १३ महिला पक्राउ परेका छन् ।

गोंगबुस्थित विभिन्न खाजा घर तथा रेष्टुरेन्टहरूबाट अनैतिक क्रियाकलापमा संलग्नु १५ पुरुष र १३ महिला गरी २८ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले दिएको जानकारी अनुसार अनैतिक क्रियाकलापमा संलग्नुलाई नियन्त्रणमा लिने क्रममा ड्युटीमा खटिएका प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने गोंगबुस्थित पूजा रेष्टुरेन्टका संचालक झापा शिबसतासी गाउँपालिका-८ घर भएका २९ वर्षीय सौगात क्षेत्रीलाई पनि प्रहरीले पक्राउ गरेको हो।

उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।