युनाइटेड अरब इमिरेट्समा भएको एक विमान दुर्घटनामा परी विमानमा सवार सबैको मृत्यु भएको छ ।
युनाइटेड अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिक एक सानो विमान बिहिबार साँझ ७ बजेर ३० मिनेटमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो।
डीए–४२ नामक उक्त चार सिटे विमानमा चालक, सहचालक र दुई यात्रु सहित ४ सवार थिए।
दुर्घटनामा परी विमानमा सवार सबैको मृत्यु भएको र मृत्यु हुनेहरुमा तीन ब्रिटिश र एक दक्षिण अफ्रिकी नागरिक रहेको दुबईका अधिकारीहरुले बताएका छन्।




