ताजा समाचार

जेठ ३ गते २०७६

जनताका गित मार्फत शनिबार पोखरामा स्टेज तताउदै जिवन शर्मा र जेबि टुहुरे

पोखरामा शनिबार जनगायक जिवन शर्मा र जेबि टुहुरेले स्टेज तताउने भएका छन् ।

प्रगतिशिल सांस्कृतिक समाज गण्डकी प्रदेशको आयोजनामा पोखरा स्थित उद्योग बाणिज्य हलमा हुन लागेको प्रगतिशिल सांस्कृतिक उत्सव २०७६ कार्यक्रममा जनगायक दुवै जनाको प्रस्तुति दर्शकलाई भब्य मनोरञ्जन दिने भएका छन् ।

कार्यक्रममा देश र जनताको गित गाउदै आएका पुराना स्रष्टा जीवन शर्मा र जेबि टुहुरेलाई विषेश सम्मान गर्नुका साथै जनबादी सांस्कृतिक टिमहरुलाई केन्द्रिकरण गर्ने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक नविन गुरुङले जानकारी दिए ।

कार्यक्रममा नेकपाका स्थायी समिटी सदस्य मनि थापा प्रमुख अथितिका रुपमा रहने छन् । साथमा प्रगतिशिल सांस्कृतिक समाज र संगम सास्कृतिक मञ्चको पनि प्रस्तुती रहने आयोजक टिमले जनाकारी दिएको छ । ।