केवट श्रीरामचन्द्रको अनन्य भक्त !

रामायणको अयोध्याकाण्डमा भगवान्‌ श्रीरामचन्द्र र केवटको प्रसंग वर्णन गरिएको छ । केवट श्रीरामचन्द्रको अनन्य भक्त थिए ।  जब भगवान्‌ केवट भएको ठाँउमा आउनुहुन्छ तब भन्नुहुन्छ, ‘केवट तिमीले हामीलाई गंगा नदी पार गराउनु पर्‍यो ।’

केवट भन्छन्,’ म बिल्कुल तर्दिन किनकि हे! नाथ म तपाईको मर्म जान्दछु ।’
भगवान्‌ भन्नुहुन्छ, ‘केवट किन तिमि नदी तर्दैनौ ?’
तब केवट विनय गर्दै भन्छन्, ‘भगवान्‌ मैले सुनेको छुँ । तपाईले पत्थरलाई छुदै त्यो अहिल्या नारी बन्यो । यदि तपाईको चरणले यस डुंगालाई छोए, मेरो डुंगा पनि कतै नारी बनेमा मेरो रोजगारी रहनेछैन । म के खाने कसरी कमाउने ?’

उनि भन्छन्,’ भगवान्‌ तपाईलाई नदीको पारी लग्न मेरो एक शर्त छ ।’ उसले भगवान्‌को अघि अद्भुत शर्त राखे । किनकि उनि कयौ जन्मदेखि भगवान्‌को चरण स्पर्शको प्यासी थिए।

सृष्टिको आरम्भमा जब सम्पूर्ण जगत जलमग्न भयो केवटको जन्म कछुवाको योनीमा भएको थियो। सो योनिमा पनि उनको भगवान्‌प्रति अत्यधिक प्रेम थियो। मोक्ष पाउनको लागि सत्य युगमा केवट कछुवा रुपमा भगवान्‌ विष्णुको चरण स्पर्श गर्न पुगेका थिए । तर सो समय माता लक्ष्मीले उनलाई हटाउनुभएको थियो ।

चरण स्पर्श गर्न नपाएपछि कछुवारुपी केवट भन्छन्,’ ठिकै छ एक जन्म मात्र हैन यदि मलाई सयौ जन्म लिनु परे पनि म चरणको स्पर्श गरेरै छोड्नेछु।’

द्वार धनी के पडा रहे, धक्का धनी का खाया ।
कबहु, तो धनी निवाजहि, जो दर छाडि न जाया ।।

त्यसपछि एक युग भन्दा ज्याद समयसम्म अनेक जन्म लिएर उनले भगवान्‌को तपस्या गरे ।  अन्तमा त्रेता युगमा उनले केवटको रुपमा जन्म लिएर भने भगवान्‌ विष्णु श्रीरामचन्द्रको रूपमा अवतरित हुनुभयो ।

डटी रहौ त्यो द्वारको अघि, यदि डटी रहे कहिले न कहिले द्वार खुल्नेछ । केवट पनि द्वारमा बसि रह्यो । परिणाम स्वरुप त्रेता युगमा भगवान्‌ आउनुभयो । तब केवटले शर्त राखे, ‘ भगवान्‌ म तपाईलाई नदी पार गराउदिन यो तपाईको जो चरण रज छ । यसको यति प्रभाव छ कि पत्थर पनि स्त्रीमा बदलिन्छ । त्यसैले पहिले म चरण रजलाई सफा गर्नेछु, खुट्टा धुनेछु । तब म डुंगामा बसाउनेछु ।’

केवटले प्रभुको खुट्टा धुन थाले। सो समय लक्ष्मी रुपी माता सीता पनि बसेकी थिइन् तर केवटलाई रोक्ने कोहि थिएन । सत्य युगमा जब भगवान्‌ विष्णु शेष शैय्यामा सुतिरहनुभएको थियो तब लक्ष्मीले हातले हानेर केवट रुपी कछुवालाई हटाउनुभएको थियो । तर आज सीता मातामा पनि केवटलाई श्री चरणबाट टाढा गर्न सक्ने क्षमता रहेन  ।

त्यसैले भनियो
पद पखारि अरु चराणामृतले, केवट नाव चलाई ।
केवट भाग्य सराहिं देवगण, सुमन वृष्टि करवाई ।।

 
सो समय देवताहरुले पुष्पहरुको बर्षा गरे । केवटको भाग्यको प्रशंसा गरियो । केवटको पुरुषार्थ भाग्यमा बदलियो ।

केवटले  श्रीरामचन्द्र, सीता र लक्ष्मणलाई आफ्नो डुंगामा राखेर गंगा पार गराए । गंगा पार गराएपछि सीता माताले केवटलाई पारिश्रमिक स्वरुप ओठी दिनुभयो । तर केवटले अस्विकार गरे।

केवट भन्छन्,’ भगवान्‌ धोबी-धोबीसँग पारिश्रमिक लिदैन । नाई नाईसँग पारिश्रमिक लिदैन र म यस संसारिक नदीको मल्लाह (डुंगा तर्ने मानिस) हुँ । र तपाई भवसागरको मल्लाह हुनुहुन्छ । अत: भगवान्‌ मैले तपाईलाई यस नदीको पार गराए । तपाई मलाई भवसागरको जुन अगम धारा छ त्यसबाट पार गराइ दिनुहोला ।’