ताजा समाचार

जेठ २ गते २०७६

रविकिरणलाई गण्डकी वाङ्मय पुरस्कार

साहित्यकार रविकिरण निर्जीवलाई २०७५ सालको गण्डकी वाङ्मय पुरस्कार प्रदान गरिने भएको छ । कविता, निबन्ध र उपन्यास विधामा उनका करिब १ दर्जन पुस्तक प्रकाशित छन् ।

निर्जीवलाई जेठ ८ गते गोकुल जयन्तीमा आयोजित समारोहमा पुरस्कार प्रदान गरिने गण्डकी साहित्य संगम अध्यक्ष डा. कृष्णराज अधिकारीले जानकारी दिए । संस्थाका सदस्य कल्पना चिलुवाल संयोजक र रामराज रेग्मी र खुमलाल पौडेल सदस्य रहेको प्रतिभा छनोट समितिले गरेको सिफारिस बिहीबारको बैठकले अनुमोदन गरेको हो । पुरस्कारको राशि नगद १५ हजार छ । जनस्तरबाट स्थापित यो पुरस्कार संगमले सञ्चालन गर्छ ।

लमजुङको अलैंचेमा जन्मिएका निर्जीव अहिले भरतपुर १२ चितवनमा बसोबास गर्छन् । साढे ३ दशक शिक्षण गरेका उनी विभिन्न राजनीति आन्दोलनमा हिरासत र जेल पनि परेका थिए ।

यो पुरस्कार यसअघि भेषजराज शर्मा, भवानीप्रसाद पाण्डे –भाष्कर), दिल सहानी, कुलबहादुर केसी, नुमराज बराल, केदार शर्मा ढकाल, कुलप्रसाद खनाल, देवेन्द्र लम्साल, रविलाल अधिकारी, पोषराज पौडेल र गोपीरमण उपाध्यायलाई प्रदान गरिसकिएको छ ।