ताजा समाचार

जेठ २ गते २०७६

फिल्म युनिट ‘शिरमाह्रानी’लाई हङकङमा सम्मान

फिल्म प्रदर्शनको लागि हङकङ पुगेका ‘शिरमाह्रानी’को टिमलाई पर्वत मञ्च हङकङले सम्मान गरेको छ ।

फिल्म प्रदर्शनको लागि हङकङ पुगेका फिल्मका निर्माता÷निमात्री, नायक÷नायिकालाई सम्मान गरिएको हो ।

नेपाल बाट गएका चलचित्र निर्माता÷निमात्री नवीन गुरुङ र निता गुरुङ ,नायक सिमरन गुरुङ र नायिका पुनम गुरुङ लाई मायाको चिनो सहित मञ्चका अध्यक्षले खादा ओढाए सम्मान गरेका थिए । सम्मानपछि फिल्म युनिटले हङकङबासि नेपाली दाजुभाईसँग भेटघाट हुन पाउँदा खुसि लागेको बताएका थिए ।

पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’को अध्यक्षतामा भएको कार्यक्रममा अतिथिहरुमा सल्लाहकार तिर्थ गुरुङ, चलचित्र निर्माता नवीन गुरुङ, निता गुरुङ ,नायिका सिमरन गुरुङ ,नायिका पुनम गुरुङ , पर्वत मञ्चका इकाई अध्यक्ष तथा प्रतिनिधि सल्लाहकारको उपस्थिति रहेको थियो ।