ताजा समाचार

जेठ १ गते २०७६

ब्रुनाई र तान्जानियाको गैरआवासीय नेपाली राजदूत नियुक्त

ब्रुनाई र तान्जानियाका लागि गैरआवासीय नेपाली राजदूतमा उदयराज पाण्डे नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मलेसियाका लागि नेपाली राजदूत पाण्डेलाई ब्रुनाई र तान्जानियाका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा यो नियुक्ति गरेकी हुन् ।