ताजा समाचार

जेठ १ गते २०७६

आफ्नै रेकर्ड तोडे कामीरिता शेर्पाले

साहसिक आरोही कामीरिता शेर्पाले आफ्नै आफै रेकर्ड ताड्दै २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३औँपटक पाइला टेकेर कामीरिताले आफ्नै कीर्तिमान तोडेका हुन् ।

कामीरिताले २२ औंपटक सगरमाथाको चुचुरोमा पुग्ने कीर्तिमानी पनि कामीरिताकै नाममा छ । उनीपछि बढी सगरमाथा आरोहण गर्नेको सूचीमा आप्पा शेर्पा र फुर्वातासी शेर्पाको नाम आउँछ ।

पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा रामेश्वर निरौलाले सोलुखुम्बु थामेका शेर्पाले बुधबार हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गरेको बताए ।

लामो समयदेखि आरोहण क्षेत्रमा रहेका ४९ वर्षीय शेर्पाले सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका कामीरिताले आरोहणअघि सञ्चारकर्मीसँग कुरा गर्दै २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताएका थिए ।