ताजा समाचार

वैशाख ३१ गते २०७६

बालुवाटार जग्गा अनुसन्धान गर्ने डीएसपी कता सरुवा भए ?

बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी कविद् कटुवाल सरुवा भएका छन्।

उनलाई रौतहटमा कार्यरत डीएसपी कुमुद ढुंगेल छानबिनमा रहेकोले कटुवाललाई इलाका प्रहरी कार्यालय चन्द्निगाहपुर पठाइएको हो ।

स्रोतका अनुसार अनुसन्धानमा संलग्न भएकाले तत्काल सरुवा नगर्न प्रहरी नेतृत्वलाई ब्युरो प्रमुख डीआईजी निरज शाहीले अनुरोध गरेका थिए।ब्युरोका एसपी दीपक रेग्मीको नेतृत्वमा भइरहेको ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा कटुवाल मुख्य भूमिकामा छन्।

तीन महिनाको सीमा दिएर ब्युरोलाई अनुसन्धान गर्ने जिम्मेवारी दिइएको थियो। एक महिना अझै बाँकी छ। यता ब्युरोका प्रमुख डीआईजी शाहीले डीएसपी कटुवालको सरुवा भए पनि अनुसन्धानमा कुनै असर नपर्ने बताए।