ताजा समाचार

वैशाख ३० गते २०७६

अपाड्गता भएकालाई मगर संघ इकाइ रामबजारको सहयोग

नेपाल मगर संघ इकाइ समिति रामबजारले जन्मजात अपाड्ता भएका दुई युवाहरुलाई रु ७१ ह्जार ३ सय ३० बराबर सहयोग गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर १३ डिहि गाउँ निवासी आमा देवकुमारी नेपाली र बुबा पूर्णबहादुर नेपालीका २ छोराहरु चेतबहादुर नेपाली र शिवबहादुर नेपालीलाई समितिले नेपालीको घरमै पुगेर सहयोग हस्तान्तरण गरेको हो । सहयोग रकम उठेको मध्ये रु १० हजार नगद र ९ हजार बराबरको खाद्यान्न सामान प्रदान गरिसकिएको छ भने बाँकी रकम ५२ हजार ६ सय ७० रुपियाँ नेपालीको परिवारको जीवन सहज होस् भनेर बाख्रापालनका लागि बाख्रा किन्न र खोर बनाउन सहयोग गरिने नेपाल मगर संघ इकाइ समिति रामबजारका अध्यक्ष ढालबहादुर सारु मगरले जानकारी दिए ।

आफूहरुको सहयोगले नेपाली परिवारको जीवन जिउन केही हदसम्म भए पनि सहज होस् भन्ने हेतुले सहयोग गरिएको नेपाल मगर महिला संघ इकाइ समिति रामबजारका अध्यक्ष दानकुमारी थापा मगरले बताए ।

सहयोग कार्यक्रमका आर्थिक संयोजक एवं नेपाल मगर संघ इकाइ समितिका सहसचिव सुधा थापा मगरले छोटो समयमा पनि आफूहरुले बनाएको योजनामा दिल खोलेर सहयोग गर्ने महानुभावमा धन्यवाद दिँदै रामबजार इकाइ समितिले सामाजिक दायित्व पनि पूरा गरेको बताए ।
सहयोगदाताहरु

ढालबहादुर थापा मगर, नेपाल मगर संघ इकाइ समिति रामबजार अध्यक्ष रु ५०००

सुधा थापा मगर, नेपाल मगर संघ इकाइ समिति सहसचिव ५०००

दानकुमारी थापामगर, नेपाल मगर महिला संघ इकाइ समिति रामबजार अध्यक्ष रु ३५००

क्या. अमरबहादुर रानामगर रु ५०००

शान्ति थापा मगर, मगर महिला इकाइ समिति रामबजार सचिव रु ३००० ।

लक्ष्मी थापामगर रु २५००, गीता आलेमगर रु १५००, रेणु थापा मगर, रु १५००, तारा थापामगर रु १००५, विष्णु थापामगर १५५०, खुबी थापामगर रु १५५०, राजु थापा मगर रु ५००, जै माया आलेमगर रु ३१५०, खुबबहादुर थापामगर रु २०००, खुमा आलेमगर रु १०००, माया सारुमगर रु १००५, इन्द्रबहादुर थापामगर रु ५००, शोभा रानामगर रु १००, हेमसेठ र इन्द्रा थापामगर हाल युके रु ६०००, खेमाया थापामगर रु१५५०, मया थापामगर रु १५५०, भिमकुमारी थापा मगर रु १७००, उमीसरा आलेमगर रु १७००, मीना मास्कीमगर रु १६००, लालीमाया थापामगर रु १०१७, सोनु रानामगर रु ५०५, युवराज आलेमगर रु ५५०, प्रेम दर्लामी मगर रु ७५०, इ. डिदबहादुर थापामगर रु ५८०, सु. ज्ञानेन्द्र थापामगर रु ६००, क्या.सुरजसिड थापा मगर रु ५००, क्या.पे्रमबहादुर थापामगर रु ५००, मीना थापा मगर,पत्रकार, १५००, ढकबहादुर मस्राड्गीमगर रु ५००, उजरसिंह थापामगर रु ५००, देउकी थापा मगर रु ३००, चन्द्रकला रानामगर रु २०००, ज्ञानबहादुर थापामगर रु ५००५, मञ्जु सारु मगर रु १०२५, धना रानामगर रु १००५, विनु पुनमगर रु १००५, क्या.डिलबहादुर थापामगर रु ५००, मोती आलेमगर रु ५०५, मायाको आमा रु २००, जितकुमारी थापामगर रु २०० ।