ताजा समाचार

वैशाख ३० गते २०७६

आमाको अन्त्येष्टि गर्न पुगेका छोराको पनि मृत्यु

आफ्नी कान्छी आमाको दाहसंस्कार गर्न घाटमा पुगेका छोराको नदीमा बगेर मृत्यु भएको छ । लमही नगरपालिका–९ अमिलिया निवासी ६२ वर्षीया जयसरा घर्तीको दाहसंस्कारका लागि पुगेका ५२ वर्षीय कर्णबहादुर घर्तीको आइतबार नदीमा नुहाउँदा बगेका थिए ।

बिहान ११ बजे नदीले बगाएर बेपत्ता भएका उनको अपरान्ह् करिब ४ बजे शव फेला परेको थियो ।