ताजा समाचार

वैशाख ३० गते २०७६

मन्त्रि यादवको विवादित अन्तर्वार्ताका विषयमा रविन्द्र मिश्रको प्रतिक्रिया, दोष कस्को ?

साझा विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले कुनै पनि अन्तरवार्तामा प्रस्तोताले अतिथिलाई झपार्न नमिल्ने प्रतिक्रिया दिएका छन् ।

पार्टी कार्यालय बखुण्डोलमा आयोजित पत्रकार सम्मेलनका क्रममा पत्रकारले उक्त सन्दर्भ कोट्याए पछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको विवादित अन्तर्वार्तामा पत्रकार आक्रोशित हुन नमिल्ने भन्दै परिस्थितिलाई संयम बनाउन सक्नुपर्नेमा जोड दिएका छन् ।

जवाफमा मिश्रले पत्रकार आचार संहिता र पत्रकारको धर्मअनुसार त्यसरी अतिथिलाई झपार्न नपाइने उल्लेख गरे । तर, अन्तरवार्तामा मन्त्री यादव पनि गैरजिम्मेवार देखिएको उनको भनाइ थियो ।

अतिथिले औंला ठड्यायो वा चड्कन हान्यो भने पनि अन्तर्वार्ताकारले त्यसलाई जस्ताको त्यस्तै जवाफ दिनुभन्दापनि संयम राख्नुपर्ने बताए । मिश्र स्वयम् एक पूर्व पत्रकार हुन् । उनले बीबीसी नेपाली सेवामा काम गर्दा यस्तै थुप्रै अन्तरवार्ताहरु लिएका छन् ।