ताजा समाचार

वैशाख ३० गते २०७६

४६ वर्षीय पुरुषद्धारा ११ वर्षीया बालिका बलात्कृत

दाङ प्रहरीले ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ४६ वर्षीय एक पुृरुषलाई पक्राउ गरि सरकारी वकिलको कार्यालयमा पेस गरेको छ ।

घोराही उपमहानगरपालिका–१५, स्र्वद्धारी टोल बस्ने ४६ वर्षीय ऋषिराज आचार्यलाई ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

सो कार्यालयका प्रवक्ता डिएसपी विनोदविक्रम शाहका अनुसार आरोपीलाई मुलुकी संहिता बमोजिम १४ देखि १६ सम्म कैद सजाय र नियम अनुसारको क्षतिपूर्ति हुने गरि सरकारी वकिलको कार्यालयमा पठाइएको छ ।