महिला प्रहरीलाई सादा पोसाकमा पठाएर ठुलो संख्यामा यौन ब्यवसायी पक्राउ


नेपाल प्रहरीले राजधानी काठमाडौंका विभिन्न ठाउँबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा १२५ जनालाई पक्राउ गरेको छ।

महिला प्रहरीलाई सादा पोषाकमा राजधानीका विभिन्न स्थानमा पठाएर यौन गितिविधिमा संलग्नहरूलाई पक्राउ गरिएको हो ।

नेपाल प्रहरीको महानगरीय प्रहरी परिसर काठमाडौंले नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, बागबजार, चावहिललगायतका क्षेत्रमा बाटोमा बसेर महिलालाई फकाएर विभिन्न होटल तथा रेष्टुरेन्टमा लगेर यौन क्रियाकलाप गर्न खोज्ने पक्रेको थियो ।

महिला प्रहरीलाई सादा पोशाकमा उक्त क्षेत्रमा परिचालन गरेको थियो। पक्राउ परेकालाई म्याद थप गरी अनुसन्धान गरिरहेको काठमाडौ प्रहरी परिसरले जनाएको छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं