ताजा समाचार

वैशाख ३० गते २०७६

कर्णालीको बजेट अधिबेशन जेठदेखि

कर्णाली प्रदेशसभाको बजेट (वर्षे) अधिबेशन जेठ १० गतेदेखि सुरु हुने भएको छ ।

गत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले चौंथो अधिबेशन जेठ १० गते आहृवानका गर्न प्रदेश प्रमुख दूर्गाकेश खनाललाई सिफारिस गरेको हो । यो अधिबेशन आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा केन्दि्रत हुने छ ।

यस्तै बैठकले विभिन्न विधेकहरु तर्जुमाका लागि विषयगत मन्त्रालयहरुलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ ।

आमसञ्चार तथा सूचना प्रविधि सम्बन्धी विधेयक तर्जुमाका लागि आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई सैद्धान्तिक स्वीकृत दिने, सरसायन तथा रसायनिक विषदी नियन्त्रण विधेयक, पशु वधशाला तथा मासु जाँच विधेयक, माटो तथा मल व्यवस्थापन विधेयक -३०७६ तर्जुमाको लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई सैद्धान्तिक स्वीकृती प्रदान गरेको छ ।