ताजा समाचार

वैशाख ३० गते २०७६

सिसाखानीमा सामाजिक परिक्षण कार्यक्रमको शुभारम्भ

स्वास्थ्य संस्थाहरुको सामाजिक परिक्षण कार्यक्रम बडिगाड गाउँपालिका वडा नम्बर ३ सिसाखानीबाट शुभारम्भ भएको छ । आम जनताको स्वास्थ्यलाई लक्षित गरि कार्यक्रम शुभारम्भ भएको हो ।

जिल्लाको १० वटै स्थानीय तहका विभिन्न स्वास्थ्य संस्थामा स्वास्थ्य संस्थाहरुलाई पारदर्शी, जनता प्रति उत्तरदायी, पर्याप्त सेवा सुविधा प्रदान र असल सुशासनको निम्ति कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

गलकोट सामुदायिक सेवा केन्द्रको आयोजना तथा बडिगाड गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रममा पहिलो चरणमा स्वास्थ्यकर्मीहरु, स्वास्थ्य चौकी व्यवस्थापन समिति सककग अन्तरक्रिया, दोस्रो चरणमा सिसाखानी स्थित स्यालाको दलित बस्ती र हातेमालो आमा समुह सककग सामुहिक अन्तरक्रिया तथा छलफल, तेस्रो चरणमा स्वास्थ्य चौकी र स्थानीयसँग तथ्याङ्क संकलन र चौथो चरणमा स्वास्थ्य चौकीको सामाजिक परिक्षण कार्यको सार्वजनिकिकरण आम भेला सम्पन्न भएको छ ।

अन्तरक्रियामा गलकोट सामुदायिक सेवा केन्द्रका सामाजिक परिक्षक मञ्जु शर्मा चालिसे र थम्मन थापा सन्देशले सहजीकरण गरेका थिए ।