ताजा समाचार

वैशाख ३० गते २०७६

ट्रक र टिपर ठोक्किदा २ जनाको मृत्यु

सोमबार बिहान ट्रक र टिपर ठोक्किदा २ जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत महोत्तरीको वर्दिवास नगरपालिका ५ माईस्थान चौकमा ट्रक र टिपर ठोक्किदा परिचय खुल्न नसकेको २ जनाको मृत्यु भएको हो ।

ना ६ ख ३०२० नम्बरको ट्रकमा पश्चिमबाट पूर्व दिशातर्फ गईरहेको बा ५ ख ४२२२ नम्बरको टिपरले ठक्कर दिँदा दुवै गाडीका सहचालकको मृत्यु भएको हो । दुवै गाडीका चालकहरु भने घाईते भएको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

घाईते चालकको बर्दिबासस्थित शुभस्वस्तिक अस्पतालमा उपचार भईरहेको छ ।