ताजा समाचार

वैशाख २९ गते २०७६

१२ वर्षकी बालिका बलात्कृत

तनहुँमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा घिरिङ गाउँपालिका वडा नं ४ गड्यौलीटारका २५ वर्षीय माधव कुमाल पक्राउ परेका छन् । नाताले बहिनी पर्ने बालिका बलात्कार गरेको पीडित परिवारको जाहेरीपछि कुमाललाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

गत वैशाख २४ गते माधवले बलात्कार गरेको बालिकाका आफन्तले आरोप दाबी गरेका छन् । ३ दिनसम्म विद्यालय नगएपछि बालिकाका अभिभावकले सोधखोज गर्दा बलात्कार भएको खुलेको हो । पीडितका आफन्तले कुमाललाई कारवाही माग गर्दै शनिबार नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीले सोही दिन उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।