ताजा समाचार

वैशाख २९ गते २०७६

अभिनेत्री करिश्माको घरमा चट्याङ

अभिनेत्री करिश्मा मानन्धरको घरमा चट्याङ परेको छ । आइतबार दिउँसो उनको गोदावरीस्थित निवासमा चट्याङ परेको हो ।

चट्याङबाट उनको घर अगाडि रहेको बगैंचाको रुख चिरा परेको जनाइएको छ । चट्याङका कारण छोरी कविता मानान्धर तर्सिएको करिश्माले बताएकी छन् ।

‘म घरमा माथिल्लो तलामा मिटिङमा थिएँ, तल बिजुली चम्किएर आवाज आयो ।’ करिश्माले सुनाइन्, ‘मैले करेण्ट सर्टेज भएको होला भन्ने सोचेको थिएँ तर होइन रहेछ ।’ उनले भनिन्, ‘चट्याङले रुख चिरा पारेको छ, त्यो देख्दा म अच्मममा परें ।