ताजा समाचार

वैशाख २९ गते २०७६

पोखरामा दिउसै अध्यारो

पोखरा लगाएत आसपासका छिमेकी जिल्लामा हावाहुरी सहितको पानी परेपछि दिउसै अध्यारो भएको छ ।

स्थानीय वायुको प्रभावका कारण पानी पर्दा अहिले पोखरामा दिउसै अध्यारो भएको हो । पोखरासहित देशका विभिन्न मौसम बदली भई हावाहुरी र मेधगर्जनसहित पानी परिहरहेको छ ।

देशको पश्चिमी पहाडी भाग तथा मध्य, उपत्यका र आसपासका क्षेत्रमा आकाश बादलिएर मेघगर्जन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव पनि देखिएको र अन्य भागमा स्थानीय वायुका कारण अबका केही दिन अपराह्‍नदेखि साँझसम्म आंशिकदेखि सामान्य वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।

दुईरतीन दिन पानी खासै नपर्ने तर मौसम भने बादलिने र सामान्य हावा चल्ने भएकाले शीतल हुने अर्यालले जानकारी दिए। देशका केही स्थानमा मेघगर्जनसहित असिना पानी पर्नसक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।