ताजा समाचार

वैशाख २९ गते २०७६

नापी कार्यालयका सर्वेक्षक घुससहित पक्राउ

नापी कार्यालय पश्चिम नवलपरासीका सर्वेक्षक छत्रबहादुर ठकुल्ला सेवाग्राहीसंग घुस रकम लिंदालिंदै पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवल कार्यालयको टोलीले सेवाग्राहीसँग २० हजार घुस लिँदै गर्दा ठकुल्लालाई रंगेहात पक्राउ गरेको हो ।

आफ्नै कार्यकक्षबाट आइतबार दिउँसो पक्राउ परेका ठकुल्लाले जग्गा बिक्री गर्दा क्षेत्रफल नपुगेपछि आफूले मिलाइदिने भन्दै २० हजार रुपैयाँ घुस मागेको सूचनाका आधारमा पक्राउ गरिएको आयोगका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।