ताजा समाचार

वैशाख २९ गते २०७६

किन उडे पुननिर्माण प्राधिकरका प्रमुख ज्ञवाली जेनेभा ?

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली स्वीट्जरल्याण्डको जेनेभातर्फ उडेका छन्।

भूकम्पपछि नेपालको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी भएका प्रगति र अनुभवबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएर थप सहयोग जुटाउ ज्ञवाली जेनेभा उडेका हुन्।

जेनेभामा मे १३ देखि १७ सम्म पुनर्निर्माण सम्बन्धी चौथो विश्व सम्मेलन र विपद् जोखिम व्यवस्थापन सम्बन्धी ग्लोवल प्लेटफर्ममा ज्ञवाली सहभागी हुनेछन्। उनले नेपालको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धमा कार्यपत्र पेश गर्ने कार्यतालिका छ।

ज्ञवालीले कार्यक्रमबाट नेपालले पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धमा हासिल गरेको अनुभव आदान प्रदान गर्नुका साथै थप सहयोग जुटाउन र विपद् व्यवस्थापनका लागि तयारी गर्न सहयोग पुग्ने बताए। सम्मेलनको मुख्य विषय उत्थानशील पुनर्स्थापनाका लागि समावेसिता रहेको छ।