बोर्डिङ सरकारी स्कुलमा मर्ज


गन्यापधुरा गाउँपालिकामा १ निजी विद्यालय सामुदायिक सरकारी विद्यालयमा समायोजन भएको छ । गन्यापधुरामा १ निजीसहित २ सामुदायिक गरी तीन विद्यालय एकै विद्यालयमा समायोजन भएका छन् ।

गन्यापधुरामा विसं २०७२ मा स्थापना भएको मर्निङवेल बोर्डिङ स्कुल सामुदायिक विद्यालयमा समायोजन भएको गन्यपाधुरा शिक्षा इकाइले जनाएको छ । सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु हुनका साथै गुणस्तरीय शिक्षाको विकास भएकाले निजी विद्यालयमा विद्यार्थी सङ्ख्या भर्ना कम हुँदा समायोजन गर्नुपरेको निजी विद्यालय सञ्चालकले जनाएका छन् ।

गाउँपालिकाभित्रका अन्य निजी विद्यालयका विद्यार्थी पनि सामुदायिक विद्यालयमा भर्ना हुन थालेपछि निजी विद्यालय बन्द हुने अवस्थामा पुगेर समायोजन हुन थालेका गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताए । मर्निङवेल इङ्गलिस बोर्डिङ स्कुल र सरस्वती प्रावि जिमरोडालाई लाटागन्याप प्रावि मालिगाउँमा पठनपाठन हुनेगरी समायोजन गरिएको अध्यक्ष मल्लले जानकारी दिए ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं