ताजा समाचार

वैशाख २८ गते २०७६

कृष्णको भोकको लय बजारमा

कवि कृष्ण बिश्वकर्माको कविता संग्रह भोकको लयको विमोचन गरिएको छ । लेखक तथा राजनीतिक चिन्तक आहुती सँगै कवि कृष्ण विश्वकर्मा र सिरिषा सापकोटाले पुस्तकको विमोचन गरेका हुन् । सम्पूर्ण किताबको आयोजनामा कार्यक्रम भएको हो ।

भोकको लय कविता संग्रह हो । बुलबुल पब्लिकेसन्स काठमाडौंले प्रकाशन गरेको पुस्तकमा चितवनका कवि विश्वकर्माका एकाउन्न वटा कविता छन् । पुस्तकमाथी बोल्दै समीक्षक उदय अधिकारीले कृतिले सामाजिक बिभेदको वकालत गरेको बताए । रामगोपाल आशुतोषले बडो मेहनत गरेर कविता लेखेका विश्वकर्माले पाठकलाई फरक स्वादका कविता दिनसकेको बताए ।

दलित समुदायका युवाले लेखेका कविताले दलितको मात्रै मुद्दा उठाएका छैनन्, पुस्तक माथि बोल्दै आहुतीले भने, उनले कविता मार्फत सामाजिक समानताको लागि आह्वान गरेका छन् ।

कार्यक्रममा पुस्तक माथी लक्ष्मी बराल, सिरिषा सापकोटा र विजय विश्वकर्माले पनि बोलेका थिए । कवि विश्वकर्मा रोजगारीका सिलसिलामा संयुक्तअरब इमिरेट्समा बसोबास गर्छन् । उनको यो संग्रहलाई दुबईमा पनि विमोचन गरिएको थियो ।