ताजा समाचार

वैशाख २७ गते २०७६

पृथ्वीनारायण क्याम्पसमा तथ्याङ्क शास्त्र सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी

तथ्याङ्क शास्त्र विभाग, पृथ्वीनारायण क्याम्पस पोखराको आयोजनामा पोखरामा २ द्विद्विवशीय अन्तर्राष्ट्रिय अनुसन्धान कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

कार्यक्रमका अवसरमा पृथ्वीनारायण क्याम्पस पोखराका क्याम्पस प्रमुख प्रा.डा.चन्द्र बहादुर थापाले नेपालमा नै प्रथम पटक तथ्याङ्क शास्त्र विभागले यस्तो अन्तर्राष्ट्रिय कार्यशाला आयोजना गरेकोमा दावी गरे ।

उनले यस्ता कार्यशालाहरूले नेपालको शैक्षिक, आर्थिक विकासमा मात्र टेवा नपुगी वातावरणीय पक्षमा समेत यसको महत्व हुने बताए । गोष्ठीमा विभिन्न क्याम्पसका क्याम्पस प्रमुखहरू, सहायक क्याम्पस प्रमुखहरू र विभिन्न विषयका विषयाध्यक्षहरूको उपस्थिति रहेको थियो ।

विभिन्न ५ वटा देशका अग्रज तथ्याङ्क शास्त्री एवम् शिक्षा विद्हरूले कार्यशालामा आ–आफ्ना कार्यपत्रहरू प्रस्तुत गरेका थिए ।