स्वर्गिय मन्त्री अधिकारीको स्मृतिमा अनेरास्ववियको सहयोग


अनेरास्ववियु कास्कीले शुक्रवार एक कार्यक्रमका बीच ढिकुरपोखरी स्थित माछापुच्छ्रे माध्यमिक विद्यालयमा सहयोग गरेको छ ।

अनेरास्ववियूले पर्यटन मन्त्री रविन्द्र अधिकारीको स्मृतिमा कक्षा १ देखि ९ सम्मका कुल १५ जना विद्यार्थीलाई स्टेशनरी सामग्री तथा झोला वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै अनेरास्ववियुका अध्यक्ष शेखर गौतमले इमान्दार नेताका रुपमा अधिकारीलाई स्मरण गर्दै सार्वजनिक यातायातमा विद्यार्थी सहुलियत प्रदान गर्न स्वः अधिकारीको भुमिका महत्वपूर्ण रहेको औँल्याए ।

उनीहरुले स्वः मन्त्री अधिकारीको जीवनीबाट नेपालीले इमान्दारीता, कर्तव्य परायणता जस्ता पक्षहरु सिक्नुपर्नेमा जोड पनि दिए ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं