भाइ बुहारी हत्या गरेको आरोपमा प्रहरीले उज्ज्वल महतलाई पक्राउ गरेको छ । संगीतकार महत ‘सुन साइँली’ गीतका रेकर्डिस्टसमेत हुन् ।
महतले उनले बिहीबार दिउँसो २५ वर्षीय बुहारी अञ्जना महतलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए । महतलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।
प्रारम्भिक छानबिनमा उनमा मानसिक समस्या रहेको खुलेको प्रहरीको दाबी छ ।





