ताजा समाचार

वैशाख २७ गते २०७६

कक्षा १० को बोर्डमा डीएभी स्कूल प्रथम

शैक्षिक सत्र २०१८/१९ मा सीबीएसई बोर्डद्वारा सञ्चालित कक्षा १० को बोर्ड नतिजामा डीएभी शुशील केडिया विश्व भारती विद्यालयले बिगतका सबै रेकर्ड तोड्दै प्रथम स्थान हासिल गरेको छ । विद्यालयले नेपालमा रहेका सीबीएसई विद्यालयको सबै रेकर्ड तोडेको हो ।

डीएभी विद्यालयका आदित्य अग्रवालले ९८.६% अंकका साथ प्रथम स्थान हासिल गरेका छन् । दोस्रो स्थानको लागि अर्पित खेतानले ९६.८% प्राप्त गरे भने आयुश श्रेष्ठले ९६.४% प्राप्त गरी तेस्रो स्थान हासिल गरेका छन् ।

डीएभी विद्यालयबाट सहभागी कुल १४८ परीक्षार्थी मध्ये ३९ जना विद्यार्थीेहरूले ९०% प्रतिशतभन्दा माथिको नतिजा निकालेका छन् भने सहभागी सबै परीक्षार्थी उतिर्ण भएका छन् ।