वैशाख २७ गते २०७६

ताजा समाचार

वैशाख २७ गते २०७६

नेपालबाट २२ सय हाजी साउदी जाने

यस पटक नेपालबाट करि २२ सयको हारहारीमा हाजी हज गर्नका लागि साउदी जाने भएका छन् ।

नेपालबाट आबेदन दिएका सबै हाजी हज गर्न जान पाउने सम्भावना बढेको नेपाल हज समितिका सदस्य मेराज अहमद हल्वाईले जानकारी दिए ।

नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँको नेतृत्वमा सचिवालय टिम साउदी अरबमा रहेर विभिन्न सरकारी अधिकारीहरूलाई भेट गरी हजको कोटा बढाउन गरेको अनुरोध साउदी सरकारले सकारात्मक रुपमा लिएकोले आवेदन दिएका छन् ।

साउदी हज मन्त्रालयले हज यात्राको लागि नेपाललाई एक हजार दुई सय कोटा दिंदै आएकोमा नेपाल हज समितिले थप एक हजार कोटा माग गरी साउदी अरबमा हज मन्त्रालयका विभिन्न अधिकारीहरूसँग भेटघाट गरिरहेको हज समितिका अध्यक्ष शमशेर मियाँले बताए ।