ताजा समाचार

वैशाख २६ गते २०७६

श्रीमतीलाई जिउँदै आगो लगाएर मार्ने पक्राउ

श्रीमतीलाई आगो लगाई हत्या गर्ने श्रीमान र मतियार बनेकी उनकै भाउजुलाई प्रहरीले पक्रेको छ ।
आगो लगाएपछि फरार रहेका धनुषा शहिदनगर नगरपालिका वडा नम्बर १ बस्ने २४ वर्षका श्रीमान् मुकेश गोइत यादव र २५ वर्षीया भाउजु श्यामादेवी यादवलाई पक्राउपछि बिहिबार धनुषा प्रहरीले सार्वजनिक गरेको हो ।

वैशाख ५ गते राति निर्मलादेवी यादवलाई भाउजु श्यामाको इशारामा मकुेशले शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख उपरीक्षक शेखर खनालले बताए ।

निर्मलाको उपचारका क्रममा बैशाख १६ गते काठमाडौंमा मृत्यु भएको थियो । पक्राउ परेका दुवै जनामाथि कर्तव्य जान मुद्दा चलाइने प्रहरीले जनाएको छ ।