ब्रिसबेन विसौनीको ८ औँ सिर्जना वाचन कार्यक्रम सम्पन्न


अन्तराष्ट्रिय नेपाली साहित्य समाज क्वीन्सल्याण्ड अस्ट्रेलिया च्याप्टरको आयोजनामा ६ मे सोमबार ब्रिसबेन विसौनीको नियमित सिर्जना वाचन कार्यक्रमको ८ औ श्रृङ्खला सम्पन्न भएको छ।

अस्ट्रेलियाको ब्रिसबेन स्थित चमसाइड लाइवेरिमा भएको उक्त कार्यक्रममा दुई दर्जन बढीको सहभागिता रहेको थियो । कार्यक्रममा साहित्यकारहरु केशव शर्मा, बसन्त सुवेदी, तारा बहादुर डागी, गिरीराज खनाल, सुर्दशन दाहाल, सफल घिमिरे, गीता पण्डित, विनोद भक्त आचार्य, राजन कोइराला, राजेन्द्र अधिकारी, सुदिप त्रिपाठी प्रतीक, राजेश्वरी रेग्मी अधिकारी लगायतले रचना वाचन गरेका थिए ।
ब्रिसबेन विसौनीको नियमित श्रृङ्खला हरेक तिन तिन महिनामा सञ्चालन गरिदै आइरहेको अन्तराष्ट्रिय नेपाली साहित्य समाज क्वीन्सल्याण्ड च्याप्टर अस्ट्रेलियाका अध्यक्ष केशव शर्माले जानकारी दिए । उक्त कार्यक्रमको सञ्चालन सफल घिमिरेले गरेका थिए ।
नेपाली साहित्य लेखनमा रुची राख्दै आइरहेका साहित्य प्रेमी तथा अनुरागीहरुको लागि साझा थलोको रुपमा स्थापित ब्रिसबेन विसौनीले केही बर्ष देखि नियमित रुपमा कार्यक्रम गर्दे आइरहेको छ।
अन्तराष्ट्रिय साहित्य समाज क्वीन्सल्याण्ड च्याप्टरको आगामी कार्यक्रम भानुजयन्तीको अवसरमा जुलाई महिनामा गरिने बताइएको छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं