ताजा समाचार

वैशाख २४ गते २०७६

कविता : मार्क्सबाद पुरानो हुँदैन

पुरानो भए पछि फलाममा खिया लाग्छ
काठ मा किरा लाग्छ
झारपात हरु कुहिन्छन
तर बिज्ञान कहिल्यै कुहिदैन
किरा लाग्दैन ,खिया लाग्दैन
घामहरु झुल्किरहन्छन
ब्रह्माण्ड हरु घुमिरहन्छन।
हावाहरु चलिरहन्छन।

छितिजमा पुगेर अग्लो भिर देखेपछी
पृथ्वी त चेप्टो रहेछ भन्दै
ग्यालिलियो को परिभाषा फेर्नुपर्छ
भन्नू मुर्खता हो।
सत्यता थाह पाउन कि अध्यन गर्नुपर्छ
कि भिर बाट हाम फाल्ने आट गर्नुपर्छ
नत्र अनभिज्ञता र मुर्खताले
चिहान मा पुर्याउछ।

पाकेर लटरम्म फलेको गुलियो अङगुर 
जति उफृदा नि झार्न नसकेपछी
अन्त्य मा अमिलो रहेछ भन्दै
मुख तितो बनाएर हिडेको एउटा स्याल!
जिन्दगीभर कम्युनिस्ट झण्डा बोकेर हिडदा पनि
माक्र्सवाद को म पनि नबुझेपछी
यो त पुरानो भयो भन्दै हिडेको कमरेड 
मलाई उस्तै उस्तै लाग्छ।

माक्सबाद,बुढ्यौली लागेर झर्ने 
तपाई को बा को दात होइन कमरेड 
यो क्रान्तिकारी बिज्ञान को मुसल हो।
यो निरन्तर चलिरहन्छ।
यो प्रत्येक दिन ताजा भएर झुल्किने नया घाम हो
के घाम कहिल्यै बूढो हुन्छ र?
के घाम कहिल्यै पुरानो हुन्छ र?

बरु लात सहनुपर्छ
तर लडनुहुन्न
कसैलाई मार्नुहुन्न भनेर
दासत्व स्वीकार गरेको तपाई को मानसपटल भित्र
प्रस्ट देखिन्छ, सिबको मुर्ती
बुद्द को मुर्ती
यसुको चर्च

कमरेड यसरी संसार परिबर्तन हुदैन
संसार परिबर्तन गर्न माक्र्सवाद पढनुपर्छ
माक्र्सवाद बुझ्नुपर्छ 
माक्र्सवाद लागू गराउनुपर्छ
जो कहिल्यै पुरानो हुदैन
यो बिज्ञान हो
यो शोषित पिडित हरुको मुक्तिको मन्त्र हो