ताजा समाचार

वैशाख २४ गते २०७६

सिद्धार्थ क्लबद्धारा शैक्षिक सामाग्री तथा पोशाक वितरण

सिद्धार्थ क्लब पोखराको आयोजनामा रुपा गाउँपालिका–६, मैदानस्थित ज्योतिप्रकाश आधारभूत विद्यालयमा शैक्षिक सामाग्री तथा पोशाक वितरण गरेको छ । विद्यालयमा अध्ययनरत ३२ जना विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालय पोशाक वितरण गरिएको हो ।

कार्यक्रममा रुपा गाउँपालिका कार्यपालिका सदस्य तथा प्रमुख अतिथि सरिता सुनारले सिद्धार्थ क्लबले रुपा गाउँपालिका केन्द्रित भई शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको कार्यको प्रशंशा गरिन् ।

उनले विद्यालयमा गुणस्तर शिक्षाको व्यवस्थाका लागि विद्यालयका साथै अभिभावकको पनि दायित्व रहने भएकाले अभिभावकलाई आफ्ना बाबु नानीलाई नियमित विद्यालय पठाउन आग्रह गरिन् ।

सिद्धार्थ क्लबका अध्यक्ष विनोद प्रसाद श्रेष्ठले विद्यालय तथा अभिभावकले सहयोगको पूर्ण सदुपयोग गर्दै विद्यालयले बालमैत्री विद्यालयको वातावरणमा गुणस्तर शिक्षा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक शिवराज लामिछानेले अभिभावले विद्यार्थीलाई नियमित विद्यालय पठाउनुका साथै समय समयमा विद्यार्थीको शैक्षिक स्थितिबारे चासो राखेमा शैक्षिक सवालमा सहयोग पुग्ने स्पष्ट पारे ।

कार्यक्रम सञ्चालन सचिव प्रमोद नारायण श्रेष्ठ, स्वागत प्रथम उपाध्यक्ष पार्वती माकाजू र कार्यक्रममाथि प्रकाश निवर्तमान अध्यक्ष रवि मर्सानीले गरेका थिए ।