ताजा समाचार

वैशाख २४ गते २०७६

जसले एक्लै बचाइन् ३१ को ज्यान

आईतबार रुसको राजधानी मस्को स्थित विमान स्थलमा एक यात्रुवाहक सरकारी विमानमा आगलागी हुँदा ४१ यात्रुको मृत्यु भयो । विमान स्थलबाट उडेको केहीबेरमै प्राविधिक कमजोरी देखिएपछि विमानलाई आकस्मिक अवतरण गराउँदा गराउँदै विमानमा ठुलो आगलागी भएको थियो जसमा २ बालबालिकासहित ४१ जनाको मृत्यु भएको हो ।

जुन दुर्घटनामा एक एयरहोस्टेजले देखाएको बहादुरीको कारण यतिबेला उनको चर्चा निकै भईरहेको छ । ३४ बर्षीया एयरहोस्टेस तत्याना कसातकिनाले आफनो ज्यानको बाजी लगाएर ३१ यात्रुको ज्यान जोगाएकी हुन् । उनले विमानको ढोका खोलेर एक एक यात्रुको कलर समात्दै बाहिर निकालेकी थिईन् ।

उनले एक मिडियासंग भनिन् “जब विमान रोकियो तब यात्रुहरुलाई बाहिर निकालियो । सबै जना चिच्चाईरहेका थिए किनकी चारैतिर आगो नै आगो थियो तर त्यतीबेलासम्म क्याबिनभित्र भने आगो आईसकेको थिएन” । त्यतीबेला विमान भित्र रहेका यात्रुहरु निकै आत्तिएको रोईरहेको उनले स्मरण गरिन् । उनको यस किसिमको हिम्मतलाई सबैले हिरो भनेर सम्बोधन गरिरहेका छन् ।