ताजा समाचार

वैशाख २४ गते २०७६

कल्पना चिलुवाललाई प्रतिभा पुरस्कार

इच्छुक सांस्कृतिक प्रतिष्ठानले साहित्यतर्फको प्रतिभा पुरस्कार कास्कीकी कवि कल्पना चिलुवाललाई प्रदान गर्ने निर्णय गरेको छ । डेढ दशकदेखि साहित्यमा क्रियाशील चिलुवालका कवितामा अहिलेको परिवेश र समाजलाई आलोचनात्मक दृष्टिले चित्रण गरिएको छ ।

कलातर्फको इच्छुक प्रतिभा पुरस्कार मकवानपुरका गीतकार, संगीतकार तथा गायक आरोह नेपालीलाई प्रदान गरिनेछ । प्रतिभा पुरस्कारको राशि जनही २५ हजार छ ।

यस वर्षको इच्छुक स्मृति पुरस्कार चितवनका ईश्वरी ओझा र काभ्रेपलाञ्चोकका प्रभात सापकोटालाई संयुक्त रूपमा प्रदान गरिने भएको छ । सांस्कृतिक शहीद कृष्णसेन इच्छुकको नाममा स्थापित यो पुरस्कारको राशि १ लाख छ । ओझाका महाकाव्य, खण्डकाव्य, नाटक र कथा सङ्ग्रह पुस्तकाकारमा र फुटकर कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । सापकोटाका कविता, समालोचना, जीवनी, अनुसन्धान र बालसाहित्य समेत गरी डेढ दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।