राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गर्ने प्रधानाध्यापक पक्राउ


साइबर क्राइमअन्तर्गत फटकशिला माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा शिक्षक महासङ्घ सिन्धुपाल्चोकका सचिव ईश्वर चौलागाईं पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यलय मेलम्चीले आज उनलाई पक्राउ गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली विवाहबन्धनमा बाँधिएकोे फोटो बनाएर आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेको आरोपमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । पक्राउ परेका चौलागाईंलाई आजै महानगरीय अपराध माहाशाखामा बुझाउने निरीक्षक दर्नालले बताए ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं