ताजा समाचार

वैशाख २३ गते २०७६

खेर जाने बस्तुको सदुपयोगले प्रतिष्पर्धी क्षमता विकास

गुणस्तरीय र प्रतिष्पर्धी सामान उत्पादनको लागि उर्जाको बचत, सुरक्षित कार्यस्थल निर्माण तथा  कम सामानहरु खेर जाने अवस्था सृजना गर्नु पर्नेमा उद्योगी÷व्यवसायीहरु सहमत भएका छन् ।

उनीहरुले  उद्योगमा उपयोग हुने सामानहरु खेर फाल्नु भनेको पैसाको नास गर्नु हो भन्ने निष्कर्ष पनि निकालेका छन् । उत्पादनको क्रममा उद्योगहरुबाट खेर जाने सामानको न्यूनिकरण,स्रोत र साधनको उचित व्यवस्थापनसँगै स्वच्छतर उत्पादन एवं भवन तथा निर्माणसम्बन्धि धातुजन्य उत्पादन साधन र दक्ष आपूर्ति श्रृंखला ( मेटाब्युल्ड) बारे जानकारी दिन आयोजित कार्यक्रममा सहभागिता जनाउँदै उनीहरुले यस्तो निष्कर्षमा पुगेका हुन् ।

वातावरण तथा आर्थिक विकास समाज ( सिड नेपाल) र पोखरा उद्योग वाणिज्य संघको आयोजनामा सोमबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले अहिले उद्योगी÷व्यवसायीहरुमा लगानी वातावरण बचाउँदै लगानी गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।