ताजा समाचार

वैशाख २३ गते २०७६

एनसेल प्रकरणको सुनुवाइ हेर्दाहेर्दैमा

सर्वोच्च अदालतमा सोमबार भएको एनसेल कर विवादसम्बन्धी रिटमाथिको छलफल नसकिएकोले हेर्दाहेर्दैमा राखिएको छ।

दुई पक्षीय छलफल नटुंगिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो। न्यायाधीशहरु सपना मल्ल प्रधान र प्रकाशकुमार ढुंगानाको इजलासमा एनसेल करविवादबारे छलफल भएको हो। भोलि पनि सोही इजलासमा छलफल हुनेछ।

२०७६ वैशाख ३ गते सर्वोच्चले एनसेलबाट सबै कर असुल गर्न आदेश दिएको थियो। त्यसपछि ठूला करदाता कार्यालयले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८ सय १५ रूपैयाँ कर निर्धारण गरेको थियो। उक्त कर बढी भएको भन्दै एनसेल सर्वोच्च गएको हो।