बच्चा अस्पतालमै छाडेर पक्राउ परेका पूर्व सांसद दम्पतिविरुद्ध मुद्दा दायर

ललितपुरको मेडिसिटी अस्पतालमा बच्चालाई वेवारिसे अवस्थामा छोडेको आरोपमा पक्राउ परेका पूर्व सांसद् गायत्री साह र पति राजेश महतो विरुद्ध प्रहरीले सोमबार जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको छ।

उनीहरु विरुद्ध आफ्नो संरक्षकत्वमा रहेको व्यक्तिलाई फाल्न वा परित्याग गर्न नहुने कसुरमा मुद्दा दायर गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नारायण चिमोरियाले जानकारी दिए ।


उनीहरु विरुद्ध अदालतले हिरासतमै राखेर अनुसन्धान गर्न ७ दिनको म्याद थप गरेको छ। साह दम्पतिले उक्त अस्पतालमा बच्चाको भर्ना गराएको तर डाउन सिन्ड्रोमको लक्षण देखिएपछि अस्पतालको गल्ती देखाउँदै बच्चा छाडेका थिए। बच्चा लैजान नमानेको भन्दै अस्पतालले प्रहरीलाई खवर गरेपछि प्रहरीले उक्त दाम्पत्तीलाई पक्राउ गरेको थियो ।