ताजा समाचार

वैशाख २३ गते २०७६

पोखरामा छैटौँ अनुपम साङ्गीतिक साँझ हुने

पोखरामा अनुपम साङ्गीतिक साँझको छैटौँ संस्करण हुने भएको छ । अनुपम म्युजिक पोखराले हरेक वर्ष गर्दै आएको उक्त कार्यक्रम यस वर्ष जेठ २५ गते हुने हो ।

सो संस्करणका लागि पोखराका कला, साहित्य र सङ्गीत क्षेत्रका व्यक्तिहरुको भेलाले अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीको संयोजकत्वमा २१ सदस्यीय आयोजक मूल समिति गठन गरेको छ ।

पोखरा उद्योग वाणिज्य सङ्घको सभाहलमा हुने कार्यव्रmममा पोखरा, काठमाडौँ र दार्जिलिङका कलाकारहरुको साङ्गीतिक प्रस्तुतिसँगै नृत्य पनि प्रस्तुत गरिने संयोजक अनुराग अधिकारीले जनाए ।

उनका अनुसार बाबा फाउन्डेशन, नेपालद्वारा संरक्षित बालबालिकाको सयोगार्थ सञ्चालन हुने साङ्गीतिक साँझका अवसरमा अनुपम म्युजिक अवार्ड, तीर्थहरि समाजसेवा अवार्ड र अनुपम सङ्गीत सम्मान पनि प्रदान गरिने छ ।