ताजा समाचार

वैशाख २३ गते २०७६

जातिय विभेद गर्दै प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ

म्याग्दीको धौलागिरि गाउँपालिका–५ स्थित एक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् ।

जनज्योति आधारभूत द्यालयका प्रधानाध्यापक रघुगङ्गा गाउँपालिका–८ का ४२ वर्षीय रेशबहादुर विश्वकर्मालाई जातीय विभेद गर्दै कुटपिट गर्ने स्थानीय बलबहादुर रोका र जीतेन्द्र जुग्जालीलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार पक्राउ परेका रोका र जुग्जालीलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पार्वती पुर्जाको घरमा स्थानीय अगुवासँग विद्यालय सञ्चालनको विषयमा छलफल गरिरहेको अवस्थामा रोका र जुग्जालीले दलित भएर मगरको घरभित्र पसेको आरोप लगाउँदै प्रअ विश्वकर्मामाथि गत वैशाख ५ गते आक्रमण गरेर घाइते बनाएको पीडित विश्वकर्माको भनाइ छ ।

जिल्ला अदालतमा जातीय छुवाछूतसम्बन्धी मुद्दा दर्ता गरेको छ ।जातीय छुवाछूतसम्बन्धी मुद्दामा एक वर्ष कैद र रु एक लाखसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।