वडाध्यक्ष र अगुवाले २ छोरीकी आमालाई भने : १५ लाख लिएर डिभोर्स देऊ


सम्बन्धविच्छेदको मुद्दा चलिरहँदा सिरहाको लहान नगरपालिका–५ मा जातीय अगुवाले महिलालाई १५ लाख ५१ हजार रुपैयाँ लिएर अलग हुन दबाब दिएका छन् । ती महिला २ छोरी छन् ।
यसरी दबाब दिनेमा सप्तरी सुरुंगा नगरपालिका–१० का वडाध्यक्ष छुतहरु मुखिया सहनी र सहनी समाजका १४ गाउँका मान्यजन र अगुवा छन् ।

शनिबारदेखि भेला भएका अगुवाले दीपककी पत्नी ममता सहनीलाई रकम लिएर सम्बन्ध विच्छेद गर्न दबाब दिएका हुन्।

ममता पतिसँगै बस्न चाहन्छिन्। तर, पत्नीको चरित्र ठिक नभएको भन्दै दीपक सम्बन्ध विच्छेदको अडानमा छन्।

‘न्याय माग्दै छु। तर, मेरो पीडा सुन्ने र पतिसँगै बस्ने व्यवस्था मिलाउन अगुवा तयार छैनन्,’ उनले भनिन्।

www.annapurnapost.com


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं