ताजा समाचार

वैशाख २३ गते २०७६

अब समलिङ्गीको ढुङ्गा हानीहानी हत्या नहुने

ब्रनाईका राजा हसनल बोल्कियाहले आफ्नै एउटा आदेशलाई उल्ट्याउँदै देशमा समलिङ्गी र विवाहेत्तर सम्बन्धका कारण कसैलाई पनि मृत्युदण्ड नदिइने घोषणा गरेका छन् ।

यसवर्ष अप्रिलमा ब्रनाईमा समलिङ्गी र विवाहेत्तर सम्बन्ध राख्नेका लागि मृत्युदण्डको सजाय तोकिएको थियो । यसको संसारभरी आलोचना भएको थियो ।

अप्रिलमा यो दक्षिण पूर्वी एशियाली देशमा नयाँ इस्लामिक कानून घोषणा गरिएको थियो जसमा समलिङ्गी र विवाहेत्तर सम्बन्धका लागि ढुङ्गाले हानीहानी हत्या गरिने प्रावधान थियो ।

यसबाहेक नयाँ कानून अनुसार अन्य अपराधका लागि पनि कडा सजायको प्रावधान थियो । उदाहरणका लागि चोरी गरेको पुष्टि भए हात काट्ने सजाय ।

नयाँ कानूनको घोषणा गर्दै राजाले भनेका थिए, ‘म यो देशमा इस्लामिक शिक्षालाई थप बलियो भइरहेको हेर्न चाहन्छु ।’