ताजा समाचार

वैशाख २२ गते २०७६

काहुँ आधारभूतकी शिक्षक अम्बिकाविरुद्ध मुद्दा दायर

कास्कीको पोखरा महानगरपालिका स्थित काहुँ आधारभूत विद्यालयका तत्कालीन प्रधानाध्यापक अम्विका गौतमविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको छ ।

गौतमले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश, इलाहाबाद, भारतबाट हाइस्कुल परीक्षा उत्तीर्ण गरेको झुट्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षक पदमा अस्थायी नियुक्ति तथा पछि स्थायी नियुक्ति लिई निमित्त प्रधानाध्यापक भई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० द्वारा परिभाषित कसुर गरेको पुष्टि भएकाले उनी विरुद्ध मुद्दा दायर भएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।