भैसी बलात्कृत भएपछि

देशमा अहिले जताततै बालिका , किशोरी,महिला तथा बृद्धमाथी लगभग केहि दिनको फरकमा बलात्कारका घटना भैरहदा झापामा त्यो भन्दा पनि अचम्मको बलात्कारको घटना भएको छ । झापामा भैंसी बलात्कार गरेको आरोपमा एक जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

मोरङ जिल्ला अदालतमा रतुवामाइ नगरपालिका–२ का ४० वर्षीय मङ्गल हस्दाले सोही स्थानकी रानी टुढुले पालेको भैंसीलाई बलात्कार गरेको अभियोगमा मुद्दा दर्ता भएको हो ।

छिमेकी टुढुको गोठमा बाँधिएको भैंसीलाई गोठबाट फुकाएर केही पर बाँस झ्याङमा लगेर बिहीबार हस्दाले करणी गरेको अभियोग लगाउँदै टुढुले जिल्ला अदालतमा शुक्रवार ‘फिराद’ दर्ता गराएपछि यसको रहस्य खुल्न आएको हो ।

इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार गोठबाट भैंसी फुकाएर नजिकैको बाँस झ्याङमा लगेर करणी भएको र करणी भएको स्थानमा फेला परेको कपडाका आधारमा आरोपीलाई पक्राउ गरिएको हो । त्यसक्रममा हस्दाले भैंसीमाथि करणी गरेको स्वीकार गरे ।