ताजा समाचार

वैशाख २२ गते २०७६

१२ वर्षीय बालिका बलात्कार आरोपित २ पक्राउ

पोखरामा एक बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धादिङ निलकण्ठ नगरपालिका–६ घर भएका २१ वर्षीय रामबहादुर रम्तेल र पोखरा महानगरपालिका बस्ने २५ वर्षीय लक्ष्मण चौधरी रहेका छन् ।

उनीहरुले पोखरा महानगरपालिका–११ रानिपौवा बस्ने धादिङ मलेखु घर भएकी १२ वर्षीया बालिकालाई महेन्द्रपुलस्थित एक होटलमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।

आफु बलात्कृत भएको भन्दै परेको जाहेरीका आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले दुवैलाई पक्राउ गरेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।