ताजा समाचार

वैशाख २२ गते २०७६

कलङ्कीमा आजबाट ‘पिक एण्ड ड्रप’ लागू

महानगरीय ट्राफिक प्रहरी महाशाखाले कलङ्की चोकमा ‘पिक एण्ड ड्रप’ब्यवस्था गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले अत्यधिक सवारी साधन रोकिने चोकका रुपमा रहेको कलङ्कीमा सो व्यवस्था लागू गरेको हो ।

‘पिक एण्ड ड्रप’ व्यवस्था लागू गरेसँगै अब उपत्यका बाहिर जाने र उपत्यकाभित्र आउने सवारी साधनले छुट्टाछुट्टै स्थानमा यात्रु चढाउने र ओराल्नु पर्ने भएको छ । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थालाई चुस्त र दुरुस्त बनाउनका लागि उक्त व्यवस्था लागू गरिएको जानकारी दिएका छन् ।

महाशाखाले यसअघि रत्नपार्क, पुरानो बसपार्क, आरएनएसी, जमल, लैनचौर, कोटेश्वरलगायत अत्याधिक सवारी चाप हुने क्षेत्रमा सो व्यवस्था लागू गरेको थियो । महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि तीन महीने कार्ययोजना बनाएर काम समेत शुरु गरिसकेको छ ।