ताजा समाचार

वैशाख २२ गते २०७६

३२ वर्षीय छोराले कुटेपछि ६० वर्षीय बाबुको मृत्यु

सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकामा छोराको कुटाइबाट बुवाको मृत्यु भएको छ ।

नगरपालिकाको वडा नम्बर १४ विष्णपुर टोल बस्ने ६० वर्षीय जगदिश रामको शनिबार राति मृत्यु भएको हो ।

निजकै ३२ वर्षीय छोरा देवकुमार रामले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा गम्भीर घाइते भएका जगदिशको स्थानीय मेडिकल रामपुर मल्हनियामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कुटपिट गर्ने देव कुमार रामको फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।